पुलिस रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाण–पत्र प्रणाली’मा समस्या आएको नेपाल प्रहरीले जनाएको छ । शनिबारदेखि नै समस्या आएको हो ।
‘प्राविधिक समस्याका कारण अनलाइन प्रहरी चारित्रिक प्रमाण-पत्र प्रणाली र अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना मुक्तानी प्रणालीको प्रयोगमा अवरोध आइरहेको हुँदा सो अवधिमा यहाँहरुलाई पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौँ ।’
अहिले सुधारको काम भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।