नेपाली चलचित्र ‘जारी’ ले घरेलु बक्स अफिसमा राम्रो व्यापार गरेको छ । नयाँ वर्षको दिन शुक्रबार प्रदर्शनमा आएको फिल्मले दुई दिनमा ४ करोड कमाइ गरेको हो ।
चलचित्रले पहिलो दिन २ करोड १५ लाख र शनिबार २ करोडभन्दा माथि व्यापार गरेको थियो । पहिलो सप्ताहन्त अर्थात् दुई दिनमै फिल्मको कुल कमाइ ४ करोड रुपैयाँभन्दा बढी भएको छ ।
काठमाडौंसहित विशेषगरी पूर्वी सहरका हलहरू शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शनमा आए । यसबाहेक पोखरा, चितवन, नारायणगढ, बुटवल, नेपालगञ्ज लगायतका सहरमा पनि फिल्मको ओपनिङ आक्रामक रह्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।