योगेश भट्टराईको दाबी : रविले निर्वाचन जिते पुन: उपनिर्वाचन हुने निश्चित छ
फाइल तस्बिर

नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिते फेरि उपनिर्वाचन हुने दाबी गरेका छन् । आइतबार बिहान चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वमन्त्री समेत रहेका भट्टराईले सुशासन र भ्रष्टाचारको नारा बोकेर हिँड्ने लामिछानेको चरित्र उदाङ्ग भएको टिप्पणी पनि गरे । ‘उहाँको भर्जिनिटी समाप्त भइसक्यो । उहाँ अर्गानिक हुनुहुन्न । गृहमन्त्री भएर छोटो समयमा गरेको कामले नै प्रष्ट पारे,’ भट्टराईले भने, ‘मन्त्री छोड्नु अघिल्लो रात सार्वजनिक खरिद ऐनविरुद्ध ठेक्काको निर्णय भएको छ । हामी माथि सुशासनको कुरा उठाउने लामिछानेले गरेको कामले उनैको धज्जी उडायो ।’  

नागरिकताको विषयमा लामिछानेले गल्ती नभइ राज्यलाई ढाटेको पनि भट्टराईले बताए । ‘लामिछानेले गल्ती गरेको होइन ढाँटेको हो । समाजलाई ढाँट्नु अपराध हो,’ उनले भने, ‘यो पाँच वर्ष ढाँटेको कुरामा प्रायश्चित गरेर बस्न पर्थ्यो। तर उहाँ जनतामा उल्टै भ्रम छरेर बस्नु भएको छ ।’ 

चितवन–२ सहित बारा–२ र तनहुँ–१ मा यही १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।  
 





  • प्रकाशित मिति : बैशाख ३, २०८० आइतबार १३:१५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया