आठौँपटक मन्त्रिपरिषद विस्तार : एनपी साउद परराष्ट्रमन्त्री, नन्दा चपाईं राज्यमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौँपटक मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

आइतबार उनले कांग्रेसका एनपी साउदलाई परराष्ट्र र नेकपा एकीकृत समाजवादीकी नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त गरेका हुन् ।

परराष्ट्रमन्त्री एनपी साउदले आइतबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

राज्यमन्त्री चपाईंलाई प्रधानमन्त्री दाहालले सोही समारोहमा पद तथा गोपनीताको शपथ ग्रहण गराए। चपाईं एकीकृत समाजवादीका तर्फबाट राष्ट्रिय सभा सदस्य छिन्।

 





  • प्रकाशित मिति : बैशाख ३, २०८० आइतबार १६:२५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया