शान्ति प्रक्रिया भन्नेकुरा प्रचण्डको मागिखाने भाँडो भयो : योगेश भट्टराई

नेकपा(एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले सरकारसँग संसद चलाउने कुनै योजना नभएको आरोप लगाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंग्याउन नचाहेको उनको आरोप छ । 

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री दाहाल स्वयंले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंग्याउन नचाहेको बताएका हुन् । 

‘बाहिर बाहिर शान्ति प्रक्रिया भनेर भाषण गर्नुहुन्छ,’ उनले भने, ‘शान्ति प्रक्रिया भन्नेकुरा प्रचण्डको मागि खाने भाँडो भइसकेको छ ।’ 

प्रधानमन्त्री दाहालले अफ्ट्याराे पर्दा भने शान्ति प्रक्रिया भन्ने, तर सरकारमा गएपछि शान्ति प्रक्रिया सबै बिर्सिने गरेको योगेशको आरोप छ । 
 





  • प्रकाशित मिति : बैशाख ३, २०८० आइतबार १७:३३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया