कञ्चनपुरमा जबरजस्ती करणी आरोपमा एकजना पक्राउ परेका छन्। ८० वर्षीया वृद्धलाई जबरजस्ती करणी गरेको आरोपमा दोधारा–चाँदनी नगरपालिका–७ टाउके टोलका ४० वर्षीय मुकेश क्षेत्री पक्राउ परेका हुन्।
उनी शनिबार पक्राउ परेको प्रहरीले जनाएको छ। क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।