नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले केही दिनभित्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका बीचमा मोर्चा बन्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले १५ दिनभित्रमा नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका बीचमा मोर्चा बन्ने बताएका हुन् ।
मोर्चाले सकारात्मक रुप लिएमा पार्टी एकतासम्म हुने सम्भावना रहेको उनले बताए । आफूहरु पार्टी निर्माण र पार्टी एकताको अभियानमा लागिरहेको उल्लेख गर्दै उनले भने, ‘अहिलेसम्म हामी सरकार निर्माणमा लागेका थियौँ । अब पार्टी एकता, पार्टी निर्माण गर्ने अभियानमा छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।