रविले जनतामा भ्रम छर्न भ्रष्टाचार र सुशासनका नारा लगाए : याेगेश भट्टराई

एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रक्रिया पूरा नगरी निर्वाचनमा प्रतिस्पर्धा गरिरहेकाे आरोप लगाएका छन् । भरतपुरमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले रविले देश, जनता, कानुन र संविधानलाई ढाँटेको आरोप लगाए। 


लामिछानेले दिएका भ्रष्टाचार, सुशासनका नारा जनतालाई भ्रम पार्नका लागि मात्रै भएको उनले बताए । रास्वपाले  ७ महिना नपुग्दै एमालेलाई ७० वर्षसम्म पनि नआएका प्रश्नहरुको जवाफ दिनुपर्ने स्थितिको सिर्जना भएको उनकाे टिप्पणी छ । उनले भने, 'त्यसैले उनले दिएका भ्रष्टाचारविरुद्धका नारा, सुशासनका नाराहरु यी सबै बेकार हुन् । यी सबै जनतालाई भ्रममा पार्ने कुरा हुन् ।'

लामिछानेले सार्वजनिक खरिद ऐनविपरीत ठेक्कापट्टामा निर्णय गरेको भन्दै उनले रविको व्यक्तिगत कुरा सबै मान्छेले देखिरहेकाे बताए । 





  • प्रकाशित मिति : बैशाख ३, २०८० आइतबार १९:४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया