तनहुँमा जिप दुर्घटना : चालकको मृत्यु, सातजना घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अरू सातजना घाइते भएका छन् । 

मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ का ३९ वर्षीय कुलबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । दुलेगौडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग १ ज ७९४२ नम्बरको जिप अनियन्त्रित भई सडकबाट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो । 

आइतबार राति भएको जिप दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–१२ की २१ वर्षीया मोतिकला भुजेल, सोही ठाउँ बस्ने ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये मोतिकलाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा तथा अन्य घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : बैशाख ४, २०८० साेमबार ८:३४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया