मेन्छियाम हाइड्रोपावरको आइपिओ खुला

मेन्छियाम हाइड्रोपावरले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) खुला गरेको छ । कम्पनीले प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका तथा कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो । 

न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । ७ वैशाखसम्म आइपिओका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ । आफ्नो बैंक खाता भएको शाखा वा सीडीएससीको अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।  

कम्पनीले संखुवासभास्थित माथिल्लो पिलुवाखोला २ जलविद्युत् आयोजनाबाट ४.७ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । आयोजनाको निर्माण सम्पन्न भइसक्दा कुल लागत १ अर्ब ३१ करोड छ । 

गत आर्थिक वर्षसम्म कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७० पैसा ऋणात्मक छ । केयर रेटिङ नेपालले कम्पनीलाई डबल बी रेटिङ प्रदान गरेको छ ।  





  • प्रकाशित मिति : बैशाख ४, २०८० साेमबार १४:४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया