वैशाख ७ गते सत्ता गठबन्धनले बारा–२ मा चुनावी सभा गर्ने

सत्तारुढ गठबन्धनले वैशाख ७ गते बारा–२ मा चुनावी सभा आयोजना गर्ने भएको छ । सो क्षेत्रमा गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । 

चुनावी सभालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरलगायत गठबन्धनका दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा प्रचार विभागले जानकारी दिएको छ । 

गठबन्धनको आयोजनामा हुने सभा बिहानको ११ बजे सुरु हुनेछ । सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट यादव, रास्वपाबाट रमेश खरेल र जनमत पार्टीबाट शिवचन्द्र कुशबाह, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सोनेलाल साह प्रमुख उम्मेदवार छन् । 

  • प्रकाशित मिति : बैशाख ४, २०८० साेमबार २१:३१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया