लिड्सको पोस्टमा लिभरपुलको आधा दर्जन गोल

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लिड्स युनाइटेडविरुद्ध ६–१ को फराकिलो जित निकालेको छ ।

गएराति लिड्सको मैदानमा सम्पन्न खेलमा लिभरपुलको जितमा मोहमद सलाहा र डिएगो जोटाले २/२ तथा कोडी गाक्पो र डार्विन नुनेजले १/१ गोल गरे । लिड्सका सिनिस्टेराले १ गोल फर्काए ।

खेलको ३५ औँ मिनेटमा गाक्पो र ३९ औँ मिनेटमा सालाहले गोल गरेपछि पहिलो हाफमै लिभरपुलले २–० को अग्रता लियो । दोस्रो हाफको सुरुमै लिड्सका सिनिस्टेराले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । तर, जोटाले ५२ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाए ।

सलाहले ६४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुलले ४–१ को अग्रता पायो । जोटाले ७३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ५–१ ले अगाडि बढाए । ९० औँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई ६–१ को सानदार जित दिलाए ।  

यो जितपछि आठौँ स्थानमा रहेको लिभरपुलले ३० खेलबाट ४७ अंक जोडेको छ । शीर्ष चारमा पुग्ने लिभरपुलको सम्भावना जीवितै छ । लिड्स ३१ खेलबाट २९ अंकसहित १६ औँ स्थानमा रहेको छ । 





  • प्रकाशित मिति : बैशाख ५, २०८० मंगलबार ७:१७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया