कमजाेर वाइफाइलाई घरमै राम्राे बनाउन ...

घरमा वाइफाईको सिग्नल राम्रो नभएर दिक्क भएकाहरूका लागि छुटकारा पाउने नयाँ सूत्र पत्ता लागेको छ । शोधकताहरूले वाइफाई राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग राम्रो हुने तथ्य पत्ता लगाएका छन् ।

युनिभर्सिटी अफ डार्टमाउथका शोधकर्ताहरूका अनुसार राउटर एन्टेनाको आल्मुनियम फाइल लगाउनाले नेटवर्कमा सम्भावित दख्खल पनि कम भई यसले इन्टरनेट कनेक्सनको सुरक्षालाई पनि बढाउँदछ ।

यस्ताे कसरी सम्भव हुन्छ ?

घरमा राउटरको एन्टेना सबै दिशाका लागि हुन्छ, अर्थात् सिग्नल सबैतिर जान्छ । डार्टमाउथ इन्जियिरका अनुसार ‘कुनै भवनभित्र वायरलेस संरचनाको क्षमता बढी हुन्छ । किनभने भवनको इन्टेरियर डिजाइन, विभाजन र बाँकी रोकावटको प्रभाव कम गर्दछ ।

आल्मुनियम फोइल लगाउनाले नेटवर्कले एउटा दिशामा काम गर्दछ । यसका लागि आल्मुनियमको पाता यसरी लगाउनुपर्दछ कि त्यसले भित्ता तथा अरू कोठातर्फ छेकेर तंरगलाई आफूतर्फ निदेशित गरोस् । कुनै क्षेत्रमा तरंग रोक्नाले केही आफ्नो लागि फाइदा पनि हुन सक्छ । जस्तै, काँचका झ्याललगायतमा तरंग ठोक्किएर परावर्तन हुने र त्यसले इन्टनेट कनेक्सनलाई प्रभाव पार्ने जोखिम पनि कम हुन्छ ।

इन्टरनेटकाे सुरक्षा



इन्टरनेटको तरंगलाई यसरी दिशा परिवर्तन गराउँदा विभिन्न बाधामा कमी आउने गर्दछ । यसले वाइफाईको सुरक्षामा पनि वृद्धि गर्दछ ।

डार्टमाउथ शोधकर्ताहरूले वाइफाई तरंगलाई आफूले चाहेको ठाउँमा निर्देशित गर्नका लागि आल्मुनियम फोइलको थ्रिडी प्रिन्टेड मोडेल तयार पारेका छन् । यस्तो आल्मुनियम प्यानल घरमै पनि तयार गर्न सकिन्छ । जसका कारण वाइफाई अरूले चोरेर चलाउने र सिग्नल कमजोर हुने समस्या कम हुन्छ ।



  • प्रकाशित मिति : फागुन ११, २०७५ शनिबार २३:४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया