सरकारलाई राजेन्द्र लिङ्देलको प्रश्न : गरिब र निमुखामाथि किन आक्रमण ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन् ।  

मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले मिटरब्याज पीडितको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि सोमबार निर्मम ढंगले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भर्त्सनासमेत गरे । गरिब र निमुखा मानिसमाथि किन आक्रमण गर्नु परेको भन्दै उनले प्रश्न समेत गरे । 

‘यतिबेला ती निमुखा मानिसहरूमाथि आक्रमण भएको छ । जुनबेला यस्तो सरकार छ । जसले समाजमा गरिबहरूको अथवा सर्वहारावर्गको अधिनायकत्व स्थापना हुनेछ, स्थापना गर्नेछौँ भनेर सपना बाँडेको थियो । त्यो सपना बाँड्ने पार्टी र उसको नेतृत्वमा अहिले सरकार छ । तर यति नै यो गरिब र निमुखामाथि राज्यले किन बर्बर आक्रमण किन भइरहेको छ ?,’ लिङ्देलले प्रश्न गरे । 

उनले सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरूमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताए । ‘हामी भन्न चाहन्छौं कि सरकारले मिटरब्याज पीडितहरू र अहिले तराईमा आन्दोलनरत रहेका हरुवाचरुवाहरू जो पुनःस्थापनाको काम गरिराखेका छन । उनीहरूको मागलाई सरकारले समयमै सम्बोधन गरोस् । अन्यथा एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरूको साथमा सडक संघर्षमा जाने घोषणासमेत गर्न चाहन्छु,’ लिङ्देलले भने । 

उनले पीडित पक्षको अभिभावकीय भूमिकामा सरकार नरहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । 
 





  • प्रकाशित मिति : बैशाख ५, २०८० मंगलबार १३:४४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया