logo-img

डीएभीले छोरीको अपमान गरेको कवि सुब्बाको गुनासो : लेखे– ९-१० कक्षा पढाउने स्कुल चाहियो

कवि तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बाले जावलाखेलस्थित डिएभी स्कुलले आफ्नो छोरीलाई अमानवीय व्यवहारको भन्दै दुःखेसो पोखेका छन् । 

सामाजिक सञ्जालमार्फत उनले कक्षा ९ को परीक्षाफल लिन जाने क्रममा स्कुलका सह–प्रधानाध्यापकले छोरीलाई अपमान गरेको भन्दै दुःखेसो पोखेका हुन् । सुब्बाले पढ्न जान्दैन भन्दै स्कुलले आफ्नो छोरालाई अन्तै पढाउन लैजान भनेको उल्लेख गरेका छन् । 

 ‘माइली छोरी जावलाखेलको सुशील केडिया विश्व भारती स्कुलमा कक्षा ९ मा पढ्दै थिइन् । परीक्षा राम्रो गरिन् । पढ्नमा अरू विद्यार्थीभन्दा कमजोर भइन् । लिइएको परीक्षामा फेल भइछन् । आमा र छोरी भाइस प्रिन्सिपलको कोठामा पस्ना साथ यसको बुबा खै ? किन नआएको भनी सोधियो रे । नानीको आमाले बिजी भएर आउन पाउनु भएन भनिछन्’, सुब्बाले लेखेका छन्, ‘भाइस प्रिन्सिपलसहित अरू दुईजनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर ‘यो बच्चालाई हामी पढाउन सक्दैनौँ । अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन । यिनले पढ्नै सक्दिनन्’ भनेछन् । पहिला पनि जोशी सरले ‘पढेर केही गरि खान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भने‘ भन्दै आमा छोरी दुवै मसँग रोए ।’  

सुब्बाले स्कुल गएर छोरीको ट्रान्सक्रिप्ट लिइसकेको र अब ९–१० कक्षामा भर्ना गर्ने स्कुल खोजिरहेको पनि उल्लेख गरेका छन् । ‘स्कुल गयौँ, भाइस प्रिन्सिपललाई भेट्यौँ । के के नै भनौँला भनेर गाको, अनुहार देखेर केही भन्न सकिनँ । सामान्य गुनासो राख्दै छोरीको ट्रान्सक्रिप्ट मागेर आएँ । र यति भनेँ, ‘मेरो छोरीलाई जस्तो व्यवहार अरू विद्यार्थीलाई नगर्नू । हरेक बच्चाहरू क्षमतावान हुन्छन् । एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन् । बच्चाहरूलाई हत्तोसाही नगर्नु । बच्चाको अघि उसको अभिभावकसँग बोल्दा सम्मानले बोल्नु, आर्थिकरूपमा गरिब परिवारकै किन नहोस्, नहेप्नु ।’   







  • प्रकाशित मिति : वैशाख ६, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया