\
नागरिक अगुवाहरुले मिटरब्याज पीडितहरुमा प्रहरीले दमन गरेको भन्दै खबरदारी गरेका छन् । बुधबार काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा नागरिक अगुवाको टोलीले मिटरब्याज पीडितमाथि प्रहरीले दमन गरेको भन्दै खबरदारी गरेका हुन् ।
प्रदर्शनमा देशका विभिन्न स्थानबाट आएका मिटरब्याज पीडित पनि प्ले कार्ड बोकेर विरोधमा उत्रिएका थिए । उनीहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागसमेत गरेका छन् ।
उनीहरुले मन्त्रीज्यू कान जचाऊँ, आँखा जचाऊँ, सबै ठिक भए दिमाग जचाऊँ, प्रहरी मेरो साथी द्वन्द्व नछेड, सुद्खोरलाई देखाउने लाठी हामीलाई नदेखाऊ, जनवादी गृहमन्त्री कहाँ गए, साहुको धोतीमुनि हराएलगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।
यसअघि पनि मिटरब्याज पीडितले सरकारले आफ्ना माग पूरा नगरेको भन्दै आन्दोलन गर्दै आइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।