\
नेपाल प्रहरीका १३ प्रहरी वरिष्ठ उपरीक्षक नायव महानिरीक्षकमा बढुवा भएका छन् । बुधबार बढुवा समितिको सिफारिसअनुसार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनीहरुको बढुवा निर्णय गरेका हुन् ।
बढुवा समितिले २०७९ चैत २९ मा एसएसपीहरुलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
यसअघि बढुवा समितिको सिफरिसविरुद्ध प्रतिस्पर्धीमध्येका एसएसपी चक्रबहादुर सिंह र अनुराग द्विवेदीले लोकसेवा आयोगमा उजुरी गरेका थिए । आयोगले सो उजुरी खारेज गरेको थियो ।
बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णु कुमार के।सी, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकासराज खनाल छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।