कर्णाली सरकारमा कांग्रेस सहभागी, तीन मन्त्रीको शपथ आज
फाइल तस्बिर

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको आज शपथग्रहण हुने भएको छ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार बिहीबार दिउँसो मन्त्रीहरूको शपथग्रहण हुने भएको हो । बुधबार नै शपथ गराउने भनिए पनि कांग्रेसभित्रको आन्तरिक विवादले शपथ रोकिएको थियो।

कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र सामाजिक विकास मन्त्रीमा खड्क पोखरेललाई सिफारिस गरेको छ। 





  • प्रकाशित मिति : बैशाख ७, २०८० बिहीबार १२:२४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया