logo-img

कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ

कर्णाली प्रदेश सरकारमा नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

नेपाली कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी र सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल नियुक्त भएका छन् ।

त्यस्तै माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् । उनी यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी थिइन् । 


 





  • प्रकाशित मिति : वैशाख ७, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया