चुनावअघि गठबन्धन गर्ने संस्कृति अन्त्य हुनुपर्छ : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालको राजनीतिमा गठबन्धनको संस्कृति उपयोगी नदेखिएको बताएका छन् । बिहीबार प्रेस चौतारी तनहुँले गरेको कार्यक्रममा उनले चुनावअघि गठबन्धन गर्ने संस्कृतिको अन्त्य हुनुपर्ने बताए । 

यसले जनतामा कुनै आशा भरोसा पैदा गर्न नसकेको उल्लेख गर्दै उनले भने, ‘चुनावको बेला गर्ने गठबन्धनको अन्त्य गर्नुपर्छ, यो निर्वाचनले गठबन्धनको अन्त्य गर्नुपर्छ । जुनको पार्टीको क्षमता दक्षता छ, त्यो पार्टी अगाडि आउनुपर्छ ।’

सचिव भट्टराईले उपनिर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जाने बताए । चुनावको समयमा बाहिर बसेको जस्तो गरे पनि चुनावपछि रास्वपा पनि सरकारमा जाने उनकाे दाबी छ । 





  • प्रकाशित मिति : बैशाख ७, २०८० बिहीबार १७:२५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया