२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

स्मार्ट टेलिकमको लाइसेन्स पुनर्बहाली गर्ने गरी उच्च अदालतकाे नयाँ आदेश

स्मार्ट टेलिकमको स्वतः खारेज भएको लाइसेन्स पुनर्बहाली गर्ने गरी उच्च अदालत पाटनले नयाँ अन्तरिम आदेश दिएको छ । दूरसञ्चार ऐन अनुसार स्मार्टले सरकारले बक्यौता र नवीकरण दस्तुर नतिरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको थियो । 


त्यसपछि स्मार्ट टेलिकमले लाइसेन्स जोगाइदिन अदालतलाई गुहारेको थियो । उच्च अदालत पाटनका न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले बुधबार विपक्षीका नाममा अन्तरिम आदेशसहित कारण देखाउ आदेश जारी गरेको हो ।



स्मार्ट टेलिकमको तर्फबाट रामनाथ बन्ठा थारुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र प्राधिकरणका अध्यक्षलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । 

स्वतः लाइसेन्स खारेज भएपछि नेपाल दूरसञ्चार प्राधिकरणको वैशाख ४ गते बसेको बोर्ड बैठकले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार स्मार्टको सम्पत्ति व्यवस्थापन गर्ने निर्णय गरेको थियो । 



तर, बुधबार अदालतले हालका आदेशहरु रोक्न र प्राधिकरण बोर्डले गरेका सबै निर्णय कार्यान्वयन नगर्न भनेको छ । यसका साथै अदालतले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशमा छलफलका लागि बोलाएको छ । 



  • प्रकाशित मिति : ७ वैशाख, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया