स्मार्ट टेलिकमको लाइसेन्स पुनर्बहाली गर्ने गरी उच्च अदालतकाे नयाँ आदेश

स्मार्ट टेलिकमको स्वतः खारेज भएको लाइसेन्स पुनर्बहाली गर्ने गरी उच्च अदालत पाटनले नयाँ अन्तरिम आदेश दिएको छ । दूरसञ्चार ऐन अनुसार स्मार्टले सरकारले बक्यौता र नवीकरण दस्तुर नतिरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको थियो । 

त्यसपछि स्मार्ट टेलिकमले लाइसेन्स जोगाइदिन अदालतलाई गुहारेको थियो । उच्च अदालत पाटनका न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले बुधबार विपक्षीका नाममा अन्तरिम आदेशसहित कारण देखाउ आदेश जारी गरेको हो ।

स्मार्ट टेलिकमको तर्फबाट रामनाथ बन्ठा थारुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र प्राधिकरणका अध्यक्षलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । 

स्वतः लाइसेन्स खारेज भएपछि नेपाल दूरसञ्चार प्राधिकरणको वैशाख ४ गते बसेको बोर्ड बैठकले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार स्मार्टको सम्पत्ति व्यवस्थापन गर्ने निर्णय गरेको थियो । 

तर, बुधबार अदालतले हालका आदेशहरु रोक्न र प्राधिकरण बोर्डले गरेका सबै निर्णय कार्यान्वयन नगर्न भनेको छ । यसका साथै अदालतले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशमा छलफलका लागि बोलाएको छ । 





  • प्रकाशित मिति : बैशाख ७, २०८० बिहीबार १७:४१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया