\


युरोपा लिगबाट बाहिरियो युनाइटेड
फरकधार / ८ बैशाख, २०८०
यो सामग्री सेयर गर्नुहोस्

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगबाट बाहिरिएको छ । गएराति सम्पन्न क्वाटरफाइनलमा स्पेनिस क्लब सेभियासँग ३–० को हार बेहोर्दै युनाइटेड लिगबाट बाहिरिएको हो ।  

ऊ सेभियाविरुद्ध समग्रमा ५–२ ले पराजित भयो । घरेलु मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो । सो खेलमा युनाइटेड २ गोलको अग्रता पाउँदा पनि बराबरीमा रोकिएको थियो । 

दोस्रो लेगमा पनि युनाइटेडको प्रदर्शन खराब रह्यो । घरेलु क्लब सेभियाको जितमा युसुफ एन नेस्रीले २ र लोइक बेडले १ गोल गरे । सेभियाले अब सेमिफाइनलमा इटालियन क्लब युभेन्ट्सको सानमा गर्नेछ ।

युभेन्ट्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिएफविरुद्ध समग्रमा २–१ को जित निकाल्दै सेमिफाइनलको यात्रा गर्‍यो । पहिलो लेगमा १–० को जित निकालेको उसले दोस्रो लेगमा १–१ को बराबरी खेल्यो । 





  • प्रकाशित मिति : बैशाख ८, २०८० शुक्रबार ७:२१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया