महिलाको शव भेटियो, बाघलाई  नियन्त्रणमा लिइयो

कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दको शव फेला परेको छ। चन्दको शव झण्डै २२ घन्टापछि आज बिहान फेला परेको हो।

आक्रमण गरेको केहि पर शव फेला परेको हो । शवलाई अहिले अस्पताल लग्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान चन्दलाई बाघले आक्रमण गरेको हो। 

यसैबीच महिलालाई आक्रमण गर्ने बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ । प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियनत्रणमा लिन सफल भएको हो । टोली पुग्नुअघि बाघलाई घेरा हालेर निगरानी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको बताए ।  





  • प्रकाशित मिति : बैशाख ९, २०८० शनिबार १०:२९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया