\


राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको मुद्दालाई संसदभित्र र बाहिर दह्रो ढंगले उठाउँछौँ : राप्रपा उपाध्यक्ष प्रधान
फरकधार / ९ बैशाख, २०८०
यो सामग्री सेयर गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुबबहादुर प्रधानले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्ने मुद्दालाई आफ्नो पार्टीले संसदभित्र र बाहिर पनि अझ दह्रो ढंगले उठाउने बताएका छन् । 

उपाध्यक्ष प्रधानले राजा संस्थाले सिंगो नेपालको प्रतिनिधित्व गर्ने र हिन्दु धर्म सबैले मान्दै आएको धर्म भएकाले त्यसलाई पुनःस्थापना गर्नका लागि आफ्नो पार्टी अझै क्रियाशील भएर लागिपर्ने जिकिर गरे । 

सबैले मानिरहेको राजसंस्था र सबैले पालना गरिरहेको हिन्दु धर्मलाई राप्रपाले मुख्य एजेण्डा बनायो भनेर चिन्ता नगर्न पनि उनले सबै राजनीतिक दलहरुलाई आग्रह गरे । पूर्वकानुनमन्त्रीसमेत रहेका प्रधानले राप्रपाले जनताको पक्षमा कुनै एजेण्डा नबोकेको भनेर भ्रम छर्न खोजिएको भन्दै आपत्ति समेत जनाए । 

भ्रष्टाचार नियन्त्रण गर्न, कानुन निर्माण गर्न, जनतालाई नागरिकता दिनका लागि नागरिकता विधेयक ल्याउने कुरामा पनि राप्रपाले सरकारमा रहँदा धेरै काम गरेको भए पनि त्यसलाई ओझेलमा पार्ने प्रयास भइरहेको उनले गुनासो गरे । 



उपाध्यक्ष प्रधानले दुईवटा संसदीय समितिको नेतृत्वमा आफ्नो पार्टीको दाबी रहेको बताए । संसदीय समितिमा हैसियत अनुसार सहभागी हुने उल्लेख गर्दै उनले त्यसमा पार्टीको तर्फबाट सदस्यमा सहभागिता रहने कुरा सुनिश्चित भइसकेको पनि बताए । 

उपाध्यक्ष प्रधानले संसदीय समितिमा सबैले साथ दिए नेतृत्व पनि लिने, नभए समितिको सदस्यको रुपमा रहेर आफूहरुले काम गर्ने स्पष्ट पारे । 



संसदीय समितिमा सदस्यको रुपमा रहने कुरा सुनिश्चित भएकाले नेतृत्वका लागि मरिहत्ते गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उपाध्यक्ष प्रधानले बताए । 

  • प्रकाशित मिति : बैशाख ९, २०८० शनिबार १५:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया