नेरीको घातक बलिङसँगै हङकङमाथि नेपालको सहज जित

काठमाडौं– नेपालले आइसिसी वुमन्स टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत आजको खेलमा हङकङलाई ४ विकेटले हराएको छ ।

नेरी थापाको घातक बलिङसँगै नेपालले सहज जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङविरुद्ध घातक बलिङ गर्दै नेरीले ६ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी उनले मात्र ८ रन दिएकी थिइन् ।

हङकङले निर्धारित २० ओभरमा जम्मा ६२ रन बनायो । ६३ रनको लक्ष्य पछ्याएर जबाफी ब्याटिमा उत्रेको नेपालको सुरुवात भने राम्रो रहेन ।

स्कोर बोर्डमा मात्र ५ रन हुँदा काजल श्रेष्ठ व्यक्तिगत ४ रनमा आउट भइन् । नेपालको ७ रन पुग्दा सीता रानामगर खातै नखोली आउट भइन् । 

इन्दु बर्मा र रुविना क्षेत्री पनि ब्याटिङमा जमेनन् । तर, अप्सरी बेगमले सरिता मगरसँग मिलेर नेपालको पारी सम्हालिन् । दुवैले पाँचौँ विकेटका लागि ३२ रनको साझेदारी गरे ।

बेगम व्यक्तिगत २४ रनमा आउट हुँदा नेपाललाई ७ रन चाहिएको थियो । तर, लक्ष्य भेट्टाउनुअघि नेपालले थप २ विकेट गुमायो । ६ विकेटको क्षतिमा नेपालले ९ बल बाँकी छँदा लक्ष्य भेट्टायो । सरिता मगर १६ रनमा अविजित रहिन् ।





  • प्रकाशित मिति : फागुन १२, २०७५ आइतबार १६:५३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया