\
लामो समयदेखि फरार रहेको भनिएका ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । उनलाई पञ्जाब प्रहरीले भारतबाटै पक्राउ गरेको हो ।
पञ्जाब प्रहरीले आफ्नो ट्विटरबाट यसको पुष्टि गर्दै अमृतलाई पञ्जाबको मोगाबाट गिरफ्तार गरिएको जनाएको छ । प्रहरीले नागरिकहरूसँग शान्ति र सद्भाव कायम राख्न अनुरोध गरेको छ ।
सिंहले सिखहरूका लागि स्वायत्त राज्यको माग गर्दै आएका थिए । १८ मार्चदेखि उनी फरार रहेका थिए । सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै काठमाडौंस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत खोजी गरिदिन पत्राचारसमेत गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।