विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सुख्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत् आपूर्तिमा समस्या आएको बताएका छन् ।
आइतबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताए ।
पूर्वका उद्योगी व्यवसायीले ४ दिनदेखि विद्युत् कटौती गरेर लोडसेडिङ गरेको बताए पनि लोडसेडिङ नभएको उनले दाबी गरे । उनले उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा कमी भएको कारण विद्युत कटौती गरेको स्वीकार गरे ।
प्रबन्ध घिसिङले विराटनगर ओद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा प्राविधिक समस्या आएकाले ४ दिन विद्युत लोड कटौती भएको बताए ।
सुक्खायाममा माग अनुसार उत्पादन नहुने भन्दै अझ गत वर्षको भन्दा यो वर्ष राम्रो अवस्थामा प्राधिकरण रहेको बताए । गत वर्ष धेरै अफ्ट्यारो अवस्थामा विद्युत आपूर्ति गरेको भन्दै उनले विराटनगर औद्योगिक करिडोरमा देखिएको समस्या तत्काल समाधान हुने बताए । अहिले उत्पादन घटेको भन्दै प्राधिकरणले अधिकांश औद्योगिक क्षेत्रको लोड कटौती गरेको बताए ।
नेपालको कुल जडित क्षमता करिब २५०० मेगावाट पुगेको बताउँदै उनले स्थानीय माग धान्नका लागि ५०० मेगावाट विद्युत भारतबाट आयात भइरहेको बताए । पछिल्लो समय ५०० मेगावाट औद्योगिक लोड थपिएको भन्दै प्राधिकरणले माग गर्ने सबै उद्योगहरुको लोड स्वीकृत गर्ने गरेको उनले बताए ।
विद्युतको माग पूरा गर्नका लागि कुलेखानी जलाशययुक्त जलविद्युत आयोजना २४ सै घण्टा चलाइरहेको बताउँदै उनले बिहान बेलुकी पिक आवरमा भने दिन नसकिएको स्वीकार गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।