जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले रास्वपा र जनमतले चुनाव हारिसकेको दाबी गरेका छन् ।
रवि लामिछाने र सिके राउतको मतदानस्थलमा देखिएको छटपटाहटले हारको संकेत गरेको बस्नेतले बताए ।
मंसिरको निर्वाचनमा निर्वाचित रवि लामिछाने र सिके राउत उपनिर्वाचनसम्म आइपुग्दा पराजित मानसिकताको भारीले थिचिएको बस्नेतको आरोप छ ।
विचार र संगठनविनै काकताली परेर मंसिरमा चुनाव जितेका रवि लामिछाने र सिके राउतलाई उपनिर्वाचनले अन्टसन्ट बरबराउने र लरबराउने बनाएको बस्नेतले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।