logo-img

तीनै क्षेत्रका मतदातालाई रविले दिए धन्यवाद

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ का आम मतदाता र निर्वाचनमा खटिएका सबैलालाई आभार प्रकट गर्दै धन्यवाद दिएका छन् । आइतबार मतदान सम्पन्न भएलगत्तै उनले सबैलाई उनले सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका हुन् ।

'आफ्नो मताधिकार प्रयोग गरेर लोकतन्त्रलाई मजबुत बनाइदिनुभएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं,' उनले लेखेका छन्, 'हाम्रो चुनावी यात्रामा अहोरात्र खट्ने हाम्रा साथीहरू, सुरक्षा निकाय, निर्वाचन आयोग, आमसञ्चारकर्मीहरु र सबै निकायले यस निर्वाचन सम्पन्न गर्न खेल्नुभएको भूमिकाको लागि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।'

उनले निर्वाचनको दौरान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने नेपाल तथा नेपालबाहिरका सबैमा आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्,'हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनुभएकोमा आदरणीय चितवनवासीहरुमा विशेष नमन !'







  • प्रकाशित मिति : वैशाख १०, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया