युनाइटेड एफए कपको फाइनलमा, उपाधिका लागि सिटीको सामना गर्ने

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा ब्राइटनलाई पेनाल्टी सुटआउटमा ७–६ गोल अन्तरले हराउँदै युनाइटेड फाइनलमा प्रवेश गरेको हो ।  

खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा युनाइटेडका कासिमिरो, डिएगो डालोट, जाडोन सान्चो,मार्कस राशफोर्ड, मार्सल सबिट्जर, वाउट वेगहर्स्ट र भिक्टर लेन्डिलोफले गोल गरे ।

ब्राइटनका एडम वेब्स्टर, लुइस डुंक, स्टुपिनन, डेनिस, पास्कल ग्रोब र एलेक्सिस म्याक एलिस्टरले गोल गरे पनि सोली मार्च चुके । 

अब युनाइटेडले उपाधिका लागि ३ जुनमा म्यानचेस्टर सिटीको सामना गर्नेछ । 





  • प्रकाशित मिति : बैशाख ११, २०८० साेमबार ६:४७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया