तनहुँ-१ उपनिर्वाचन : वाग्लेको फराकिलो अग्रता कायमै

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा मतगणना जारी छ । मतगणनाको पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले फराकिलो अग्रता कायमै राखेका छन् । 

उनले अहिलेसम्म १५ हजार १३५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३४ मत पाएका छन् । उनी र वाग्लेबीचको मतान्तर ६ हजार ४०१ रहेको छ ।    

तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले पाँच हजार मत पाएका छन् । मतगणना जारी छ । तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको छ ।

निर्वाचन कार्यालयका अनुसार कुल १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेको त्यहाँ उपनिर्वाचनमा करिब ५२ प्रतिशत मत खसेको छ । तनहुँ–१ मा विभिन्न ९ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।  





  • प्रकाशित मिति : बैशाख ११, २०८० साेमबार १४:४६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया