स्वर्णिम वाग्लेले २२ हजार मत कटाउँदा भट्टराई १० हजार मतले पछाडि

तनहुँ १ काे उपनिर्वाचनकाे मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार स्वर्णिम वाग्लेले २२ हजार मत कटाएका छन् । पछिल्लो मतगणनाअनुसार वाग्लेले २२ हजार २ सय ६० मत प्राप्त गरेका छन् । 

जारी गणनामा सुरुआतदेखि नै वाग्लेले अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ९ सय ११ मत प्राप्त गरेका छन् । भट्टराई करिब १० हजार मतले पछाडि छन् । 

तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालले ६ हजार ५ सय ९३ मत प्राप्त गरेका छन् ।

आइतबार भएको मतदानमा ६३ हजार ७ सय ५७ मत खसेको थियो ।





  • प्रकाशित मिति : बैशाख ११, २०८० साेमबार १९:४६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया