logo-img

चितवन–२ मा गठबन्धनका जीतनारायणको फराकिलो हार निश्चित

चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सत्ता गठबन्धनबाट प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको हार निश्चित भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने गणना हुन बाँकी मतभन्दा अगाडि रहेपछि श्रेष्ठको हार निश्चित भएको हो । साढे ५६ हजार मत गणना हुँदा श्रेष्ठले ७ हजार ४ सय ५६ मत मात्र प्राप्त गरेका छन् ।

उनीभन्दा अगाडि रहेका लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । लामिछाने–श्रेष्ठबीचको मतान्तर ३२ हजारभन्दा बढी छ । 

त्यस्तै, तेस्रोमा रहेका नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६८ मा पाएका छन् ।

सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार चितवन–२ को उपनिर्वाचनमा ७८ हजार २७७ मत अर्थात् ६२.७७ मत खसेको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा त्यहाँ ६७.६३ प्रतिशत मत खसेको थियो ।





  • प्रकाशित मिति : वैशाख १२, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया