मकवानपुरमा ट्याक्टर दुर्घटना : चालकसहित तीनको मृत्यु, दुईजना घाइते
फाइल तस्बिर

मकवानपुर ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

जिल्लाको मनहरि–३, कालिदमारमा मधेस प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार ट्याक्टर अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

दुर्घटनामा मनहरी–३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन् । घाइते दुवै जनाको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार ९:३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया