मेलम्चीको पानी निरन्तर वितरण हुने गरी व्यवस्था मिलाउन सांसद सिंहको माग
फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौंमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।  

उनले वर्षा याममा पनि मेलम्चीको पानी काठमाडौं आउने गरी निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गरेका हुन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले काठमाडौंबासीलाई खानेपानीको संकटमा पार्ने काम सरकारले गर्न नहुने पनि बताए ।

‘वर्षायाम सुरु हुँदैछ । मेलम्ची खानेपानी फेरि पनि रोकिने हो कि भन्ने पीरले काठमाडौंवासीलाई धेरै मर्का परिरहेको कुरा सम्बन्धित मन्त्रालयले, त्यसमा पनि विशेष गरेर नेपाल सरकारले काठमाडौंवासीलाई निरन्तररूपमा खानेपानी वितरणको लागि मेलम्ची खानेपानीको व्यवस्थापनको कामलाई तदारुपकताका साथ अघि बढाउन माग गर्दछु,’ सांसद सिंहले भने ।

उनले काठमाडौंवासीले सधैं पानीको अभाव सहनुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागि पर्नुपर्ने समेत बताए ।





  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार १४:२८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया