कांग्रेस उपसभापति गुरुङको प्रस्ताव : आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गरौँ

सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन् । गाउँघरमा बाँदर आतंक फैलिएको उल्लेख गर्दै उनले त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटमा राहत मिल्ने पनि बताए । 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले किसानको बाली लुटेर लैजाने बाँदरलाई निर्यात गर्दा कसो होला भनेर जिज्ञासा राखे । मुलुक आर्थिक महासंकटबाट गुज्रिएको उल्लेख गर्दै त्यसको निदानका लागि सत्तापक्ष र प्रतिपक्ष सबैले मिलेर काम गर्नुपर्ने उनको भनाइ छ । 

उपसभापति गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि भ्रष्टाचार नियन्त्रण गर्नु पहिलो सर्त रहेको पनि दोहोर्याए । अष्ट्रेलियाले कंगारु र श्रीलंकाले बाँदरहरु निर्यात गरेको उदाहरण दिँदै उनले नेपालले पनि बाँदर निर्यात गर्नुपर्ने बताएका हुन् । ‘अष्ट्रेलियाको राष्ट्रिय जनावर कंगारु हो । त्यहाँ आर्थिक व्यवस्थापनको सन्दर्भमा त्यहाँ लाखौं कंगारु मार्दै छ । कंगारुको छाला निर्यात गर्दै छन्,’ उनले भने, ‘श्रीलंकाले हालसालै एक लाख बाँदरहरु निर्यात गर्ने निर्णय गरेको छ । हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला ?’ 

यसो भन्दा कतै इकोसिष्टमको कुरा उठाएर डलरबादी चिच्याउने हुन् कि भन्ने आफूलाइई आशंका रहेको उनले बताए । उपसभापति गुरुङले भ्रष्टाचार नियन्त्रण नगरे जुनसुकै उद्योगधन्दा सञ्चालन गरे पनि नेपाल उँभो नलाग्ने आफूले देखेको पटकपटक दोहार्याए । 





  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार १६:४७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया