चितवन २ मा कांग्रेस, एमाले र रास्वपाबाहेक सबैको जमानत जफत

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा १९ जना उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा (एमाले)बाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको हो । 

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५४ हजार १७६ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २१४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका छन्। 

चितवन २ मा राजनीतिक दलका १२ र स्वतन्त्र १० गरी २२ उम्मेदवार चुनावी मैदानमा थिए। तीमध्ये १९ जनाको जमानत जफत भएको हो। 

सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ। यहाँ ७८ हजार ६६४ मत खसेकोमा ७७ हजार ४ सय ६६ मत सदर भएको थियो। 

सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीले ३७५, राष्ट्रिय उन्मुक्ति पार्टीका राजेश अधिकारीले ७५, नेपाल मजदुर किसान पार्टीका ज्ञानेन्द्र प्रजाले ४७, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माले ११०, मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङले २२१ मत ल्याएका छन्। 

यस्तै, राष्ट्रिय नागरिक पार्टीका योगलाल श्रेष्ठले ४१, राष्ट्रिय जनमुक्ति पार्टीका महानन्द जैसीले १८, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका छत्रकुमार पाख्रिनले ३८ र जय जन्मभूमि पार्टीका प्रेमबहादुर खड्काले ७२ मत मात्र ल्याए। 



यस्तै, स्वतन्त्रतर्फ अम्बिका भट्टले ३७, ताराप्रसाद पौडेलले २, भाष्करचन्द्र न्यौपानेले २१, मोजराज बगालेले १६, रामकृष्ण ओझाले ९, लक्ष्मीमाया कोइरालाले २१, विक्रम श्रेष्ठले १३, सन्तोष थापाले ३, सुमन श्रेष्ठले १९ र सुवास परियारले १२ मत प्राप्त गरेका छन्।  



  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार २०:५८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया