बारा २ मा मतान्तर घटाउँदै कुशवाहा, यादव २६२९ मतले अगाडि

प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को मतगणना जारी छ । पछिल्लो मतपरिमाणअनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन्।

हालसम्म ५५ हजार पाँच सय १३ मतगणना हुँदा अध्यक्ष यादवले २२ हजार पाँच सय ५२ मतका साथ अग्रता कायम राखेका हुन्। उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले १९ हजार नौ सय २३ मत ल्याएर पच्छयाइरहेका छन्। सो क्षेत्रमा कूल ६८ हजार आठ सय ८७ मत खसेको थियो । 

यस्तै तेस्रो स्थानमा नेकपा एमालेका पुरुषोत्तम पौडेल छन् । उनले छ हजार पाँच सय एक मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार छ सय ८१ मत ल्याएर चौथो स्थानमा छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब १३ हजार पाँच सय ९४ मत गणना गर्न बाँकी छ ।





  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार २२:८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया