बारा २ को मतगणना जारी, कुशबाहाभन्दा यादव ३१३६ मतले अगाडि

प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को मतगणना जारी छ । पछिल्लो मतपरिमाणअनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन्।

यादवले २४ हजार ६ सय ७३ मत ल्याउँदा कुशवाहाले २१ हजार ५ सय ३७ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले ७ हजार ८ सय ४३ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने निकै पछि रहेका छन् । उनले २ हजार ७ सय ६३ मत मात्र प्राप्त गरेका छन् । उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ६ सय ६६ मत प्राप्त गरेका छन् । बारामा ६९ हजार १ सय ७ मत खसेको छ ।





  • प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार ०:४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया