उपनिर्वाचन परिणामले रूपान्तरित हुन सन्देश दियो : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरूलाई रूपान्तरित हुन सन्देश दिएको बताएका छन् । गत आइतबार भएको उपनिर्वाचनको मतपरिणामपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । 

शर्माले उपनिर्वाचनको सन्देशअनुरूप आफूलाई बदलेर नयाँ ढंगले जुट्ने पनि उल्लेख गरेका छन् ।   

‘परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नुछ,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका शर्माले ट्विटरमाा लेखेका छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौँ हामी ।’

उपनिर्वाचन भएका तीनवटा क्षेत्रमध्ये चितवन–२ र तनहुँ–१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बारा–२ जनता समाजवादी पार्टी (जसपा) ले जितेका छन् ।

कांग्रेसले चितवन–२ र तनहुँ–१ मा उम्मेदवारी दिएको थियो । तर, उसका उम्मेदवार दुवै क्षेत्रमा पराजित भए ।





  • प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार ७:२९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया