काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बाग्मती, विष्णुमतीलगायत नदी किनारमा बनाइएका अवैध संरचनाको संरक्षण नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
०७६ साउन २० गते सर्वोच्च अदालतले बागमती, बिष्णुमती, मनोहरा र सहायक नदीहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर सार्वजनिक जग्गाको संरक्षण गर्न सवोच्चले दिएको आदेश दिएको स्मरण गराउँदै मेयर बालेनले कुन आधारमा अवैध संरचनाको संरक्षण गरिरहेको भन्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘यदि कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक अपिल गरेर प्रक्रिया सुरु गर्नुहोस्, या कानुन बमोजिमको शासन व्यवस्था अँगाल्नुहोस् ।
उच्च अदालतले बागमती सभ्यताविरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नगरेपछि बालेनले ‘कुन कानून र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नुहुन्छ ?’ भनी गृहमन्त्रीलाई प्रश्न गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।