वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका खारेजीको माग

सरकारले जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका खारेजीको माग गरिएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ विद्यार्थीको हितविपरीत रहेको भन्दै सरोकारवालाले यो निर्देशिकाको खारेजीको माग गरेका हुन् ।


 
बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्शसँग सम्बन्धित विभिन्न संघसंस्थाले सो निर्देशिका विद्यार्थी, अभिभावक र व्यवसायीको हितविपरीत आएको बताएका छन् । विद्यार्थीले आफ्नो इच्छा र आवश्यकताअनुसारको शिक्षा प्राप्त गर्ने सवालमा निर्देशिका तगारो बनेको भन्दै यसलाई पूर्ण रुपमा परिवर्तन गर्नुपर्ने माग गरिएको छ । 

शिक्षा ऐन अथवा शैक्षिक परामर्शसँग जोडिएको ऐन बनाएर त्यसैको जगमा टेकेर मात्रै निर्देशिका आउनुपर्ने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए । निर्देशिका सही मनशायबाट नआएको उनको भनाइ छ । उनले भने, ‘यो निर्देशिका जुन हिसाबले निर्माण भएको छ, यहाँ जसरी अन्य कुरा समावेश भएको छ । त्यसमाथि सन्देह छ । त्यो भएर पहिलो माग यो निर्देशिका खारेजी हुनुपर्छ भन्ने हो ।’



सरकारले जारी गरेको निर्देशिका शिक्षाको सम्बन्धमा नेपालको संविधानले गरेको व्यवस्थाको विरुद्धमा रहेको समेत उनले बताए । 



 

  • प्रकाशित मिति : बैशाख १४, २०८० बिहीबार १६:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया