\
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई नगद एक लाख दिएकाे छ । सर्वाधिक छिटो १०० विकेटको कीर्तिमान राखेका सन्दीपलाई वर्ल्डलिंकले सम्मानस्वरूप नगद पुरस्कार दिएकाे हाे ।
एसिसी प्रमियर कपमा उनले ओमानविरुद्ध एकदिवसीय क्रिकेटमा अफगानी लेग स्पिनर रासिद खानको कीर्तिमान भंग गर्दै आफ्नो नाममा पारेका थिए।
बिहीबार कतारविरुद्ध नेपालको जितमा शानदार अलराउन्डर प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित सन्दीपलाई उनलाई म्यान अफ द म्याच ट्रफीसँगै वर्ल्डलिंकको चेक प्रदान गरिएको थियो।
उनलाई वर्ल्डलिंकको तर्फबाट एक लाख रुपैयाँसँगै सय विकेटको तस्बिरसहितको फोटो फ्रेम र ट्रफी पनि दिइएको थियो।
कतारविरुद्ध उनले १० औँ नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक ४२ रन बनाएका थिए भने बलिङतर्फ सनसनीपूर्ण रुपमा ५ विकेट लिएका थिए। सन्दीपको अलराउन्ड प्रदर्शनको बलमा नेपाल समूह विजेता बनेको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।