\


मिटरब्याज पीडितलाई निवेदन दिन जाँचबुझ आयोगकाे आह्वान
फरकधार / १४ बैशाख, २०८०
यो सामग्री सेयर गर्नुहोस्

मिटरब्याज जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेको छ । बिहीबार आयोगले यही वैशाख १७ देखि ३१ गतेसम्म निवेदन सकिने जनाएको छ ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्य जाँचबुझ आयोग गठन गरेको थियाे । 

आयोगको सदस्यमा पूर्वनायव महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी रहेका छन् ।

आयोगको कार्यालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिएका छन् । 



जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष पनि स्थापना गरिएको र सोही स्थानबाट निःशुल्क फारम पाइने र भर्न नसक्नेका लागि प्रशासनकै कर्मचारीले सहयोग गरिदिने आयोगले जनाएको छ ।



  • प्रकाशित मिति : बैशाख १४, २०८० बिहीबार १७:५२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया