३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध : मेयर शाह

काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले लगाएको ताला फोडिएको छ ।

विद्यालयभित्र राजनीतिक दल र दलका भ्रातृ संगठनलाई कार्यक्रम गर्न नदिने घोषणा गरेको विरोधमा कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार ताला लगाएको ताला महानगरले फोडेको हो । 



ताला फोडिएको भिडियो सामाजिक सञ्जालमा राख्दै मेयर बालेन्द्र शाह (बालेन) ले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको उल्लेख गरेका छन् । 

उनले विद्यालय पढ्ने ठाउँ रहेको बताउँदै राजनीति गर्ने कुरा कल्पनासम्म गर्न नसकिने बताएका छन् । मेयर शाहले दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु ‘अपराध’ भएको पनि उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : १५ वैशाख, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया