logo-img

चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् । 

गए राति ना२२प ६८०० नंको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

मोटरसाइकल चालक भरतपुर–२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : वैशाख १५, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया