योगेश भट्टराईको प्रस्ताव : अयोग्य लडाकुलाई पैसा होइन रोजगारीको व्यवस्था गरौँ

नेकपा एमालेका सांसद योगेश भट्टराईले अयोग्य लडाकुलाई पैसाभन्दा रोजगारी दिन सरकारको ध्यानाकर्षण गराएका छन् । 

उनले अयोग्य लडाकु, तिनका परिवार र अन्य युवालाई रोजगारी दिनका लागि ५ अर्बको पब्लिक कम्पनी स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा सरकारले अरू त्यत्ति नै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गर्ने अनि सार्वजनिक सेयर आह्वान गरी हाललाई कम्तीमा ५ अर्बको लगानीमा पब्लिक कम्पनी स्थापना गरी कुनै उद्योग खोल्ने वा पाँच तारे होटल खोल्ने र लडाकुका परिवार र अन्य युवाहरूलाई रोजगारीको व्यवस्था गर्ने । पूँजी बृद्धि गरी उद्योगको आकार बढाउँदै जाने । पैसा बाँडेर होइन जीवनयापन र दिगो समाधानको बाटो जानु उपयुक्त हुन्छ । सरकारको ध्यानाकर्षण गर्दछु,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । 





  • प्रकाशित मिति : बैशाख १५, २०८० शुक्रबार १५:१४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया