\
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले आर्थिक संकट बेला सरकारले संसद छलेर सो निर्णय गरेको भन्दै आपत्ति जनाउनु भएको हो । सांसद पौडेलले यसबारे संसदलाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गर्नु भयो ।
उनले भने, ‘अयोग्य लडाकुलाई २/२ लाख रुपैयाँ निर्णय भएको भन्ने कुरा विभिन्न माध्यमबाट बाहिर आइरहेको छ । यस्तो आर्थिक संकटको बेलामा यो निर्णय अपारदर्शी ढंगले संसदलाई छलेर गर्नु स्वाभाविक होइन । त्यसकारण म सर्वप्रथम सभामुखमार्फत् सरकारलाई माग गर्न चाहन्छु–यो विषयमा के भएको हो ? यथार्थ जानकारी सदनलाई गराइयोस् ।’
सांसद पौडेलले आर्थिक संकटमा सरकारले अपारदर्शी ढंगले बजेट खर्च गर्न नमिल्ने पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।