लडाकुलाई राहत दिने निर्णय तत्काल खारेज गर्न लिङ्देनको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद लिङ्देनले अयोग्य लडाकुहरुलाई दुई लाखका दरले राहत दिने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । 

सत्ताको चरम  दूरुपयोग गरेर सरकारले गरेको सो निर्णय तत्काल रोक्नुपर्ने उनको भनाई थियो । त्यस अवसरमा अध्यक्ष लिङदेनले राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार अस्वभाविक र महंगो भएको उल्लेख गर्दै असन्तुष्टि समेत व्यक्त गरे । 

राजस्वले पूँजीगत खर्च समेत धान्न नसक्ने अवस्थामा अयोग्य लडाकुहरुलाई रकम दिने कुरा सत्ताको चरम दूरुपयोगको नमूना भएको पनि उनले बताए । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले अयोग्य लडाकुहरुलाई स्वास्थ्य उपचार, रोजगारी र सीपको आवश्यक्ता व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिए । उनले आफूले सकेसम्म विदेश उपचार यात्रा नगर्ने र राज्यकोषबाट उपचार खर्च नलिने घोषणा समेत गरे । 

‘अहिले अर्थतन्त्रको बारेमा धेरै कुराहरू भयो कि सरकारले निर्माण व्यवसायीहरुलाई मात्रै ८० अर्व भुक्तानी दिन बाँकी छ । राजस्वले चालू खर्च समेत धान्न सकेको छैन । यस्तो बेला अस्वभाविक ढंगको र महंगो राष्ट्रपति वैदेशिक उपचार यात्रा र अयोग्य लडाकुहरुलाई जुन रकम वितरणको तयारी गर्न लागिएको छ । सत्ता दूरुपयोगको यो चरम नमुना हो । र, यस्ता कामहरु रोकिनु पर्दछ’, उनले भने ,‘अयोग्य लडाकुहरुलाई स्वास्थ्य उपचारको सुविधा दिनुहोस् । सीप दिनुहोस्, रोजगारी दिनुहोस् । तर यस प्रकारको सत्ताको दुरुपयोग नगरौँ भन्ने कुरा म आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष लिङदेनले बौद्धिक पलायनलाई रोक्न पनि सरकारलाई सचेत गराउनु भयो । 





  • प्रकाशित मिति : बैशाख १५, २०८० शुक्रबार १७:१०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया