२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

सूचना प्रविधि दिवस : टेलिकमले ल्यायो अफर, यस्ता छन् सुविधा

नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ । कम्पनीले आजदेखि भ्वाइस र डाटा प्याकेजमा अफर ल्याएको हो । 


यो अफर यही १९ वैशाखसम्म लागू हुनेछ । अफर​अन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १ सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।



यसैगरी डाटा प्याकेजअन्तर्गत ९८ रुपैयाँमा तीन दिन चलाउन सकिने ६ जिबी डाटा, १ सय ९९ रुपैयाँमा सात दिन चलाउन सकिने १३ जिबी डाटा, २ सय ९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जिबी डाटा र २ सय ९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध छ ।
 
‘सुरक्षित सूचना प्रविधि, सुशासन र सम्बृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस यही १९ वैशाख मा मनाइँदैछ ।  





  • प्रकाशित मिति : १७ वैशाख, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया